पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु
मोरङ | पुस १२, २०८०
घरमा प्रयोग गर्न भरेर राखेको पानीमा डुबेर मोरङको जहदामा आज एक जना बालिकाको ज्यान गएको छ।
जहदा गाउँपालिका ३ भातीगन्जका फुदन हस्दाकी एक वर्षकी छोरी कृतिको मृत्यु भएको हो।
मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार सिल्भरको भाँडामा पानी भरेर उनका अभिभावकले राखेका थिए। बिहान ९स्१५ बजेतिर छोरी त्यही पानीमा डुबेको देखेपछि उनका अभिभावकले निकाले।
‘बालिका खेल्ने क्रममा घरमा सिल्भरको भाडामा भरेर राखेको पानी रहेछ। भरेको त्यही पानीमा बालिका डुबेकी रहेछिन्। बच्चाकी आमा अजिताले देखेपछि विराटनगरको कोशी हस्पिटल लिएर गएका थिए। हस्पिटल ल्याउँदा चिकित्सकले मृत घोषणा गरे,’ मोरङ दाहालले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।’
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

